यो हप्ता चलचित्र बजारमा के के भयो ?

 

यो हप्ता पनि नेपाली चलचित्र बजारमा विभिन्न क्रियाकलाप भए । केहि चलचित्र प्रदर्शन भए । प्रदर्शनको तयारीमा रहेका केहि चलचित्रका गीत सार्वजनिक भए । अघिल्लो हप्ता सार्वजनिक भएको चलचित्र साँइली र सुभलभमध्ये साँइली हप्ताभरि चल्न सफल भयो भने सुभलभ सोमवारदेखी लगभग सेलायो । अघिल्लो शनिवारदेखी आज शनिवारसम्म चलचित्र बजारमा के के भए त रु छोटो टिप्पणी ।

अभिनेता पल शाहको प्रमुख भूमिका रहने चलचित्र हृदय भरीको औपचारिक रुपमा छायांकन सुरु भएको छ । शुक्रवार क्यामेरा खोलिएपनि शनिवारदेखी निर्माण टिम पुर्ण रुपमा छायांकनमा उत्रिएको हो । ४५ दिनसम्म छायांकन गर्ने निर्माण टिमको सेड्युअल छ ।

फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि यही चैत २३ गते हुने भनिएको चलचित्र कलाकार संघको महाधिवेशन स्थगीत भएको छ । कलाकार सुरज आरडीले बर्तमान कार्यसमितिले गैर कलाकारलाई नया“ सदस्यता वितरण गरेको भन्दै केही अघिल्लो हप्ता काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए । यहि आइतबार सो मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् भने केही पदमा पनि उम्मेदवारी घोषणा भइसकेको छ ।

आइतबार दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भेटिएको अध्यक्षकी प्रत्यासी तथा संघकी वर्तमान महासचिव सरिताले केही प्राविधिक कारणले संघको आसन्न चुनाव स्थगित भएको बताइन् ।

साझा पार्टीका सदस्य तथा चर्चित युवा ज्योतिष हरिहर अधिकारी अभिनीत फिल्म शुभ लभ हेरेपछि पुर्व पत्रकार तथा साझा पार्टिका प्रमुख रविन्द्र मिश्रले आफु ढिलो चाडों चलचित्रमा काम गर्ने बताएका छन् । आइतवार उक्त चलचित्र हेरिसकेपछि उनले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै उक्त कुरा बताएका हुन् । धेरैलाई के समेत पत्तो छैन भने रविन्द्र २०१२ मा सार्वजनिक भएको चलचित्र हाइवेमा अभिनय गरिसकेका छन् । उक्त चलचित्र नचलेपछि धेरैले उनलाई देखेनन्, जुन स्वभाविकै थियो ।

निर्मात्री तथा कलाकार प्रज्ञा जोशीलाई यसै हप्ता प्रहरीले पक्राउ गरेको छ । ५० लाख ठगी गरेको आरोपमा उनलाई आइतबार इटहरीबाट पक्राउ परेकी हुन् । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन्, चेक बाउन्स भएपछि उनिविरुद्ध प्रहरीमा मुद्धा परेको थियो । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले यस विषयमा काठमाण्डौंमा अनुसन्धान भैरहेको छ । केही वर्ष अगाडिसम्म प्रज्ञा नेपाली चलचित्रमा सक्रिय थिइन् । उनले केही फिल्म निर्माणसँगै दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् । उनले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, नोटबुक, सम्झना, सपुत लगायतका चलचित्र निर्माण गरेकी छिन् ।

अहिलेकी हटकेक साम्राज्ञी आरएल शाहले यसै हप्ता आगामी दशैमा सार्वजनिक हुने चलचित्र रातो टिका निधारमाका लागी साइन गरेकी छिन् । उनलाई निर्देशक अशोक शर्माले सोमवार मात्रै साम्राज्ञीलाई १६ लाखमा अनुवन्ध गरेकी हुन् । यो चलचित्र बैशाख अन्तिम साताबाट छायांकन सुरु हुँदैछ । अहिले चलचित्रको गीत रेकर्डिङको काम भइरहेको छ । साम्राज्ञीभन्दा अगाडि यो फिल्म अभिनेत्री जसिता गुरुङलाई अप्रोच गरिएको थियो । तर, उनले १० लाख डिमाण्ड गरेपछि सहमती हुन सकेको थिएन ।

आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीस“ग लगनगाँठो कस्ने तयारीमा रहेकी प्रियंका कार्कीले आइतबार एक चलचित्रमा साइन गरेकी छन् । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ चलचित्र चलखेलमा उनी अनुबन्ध भएकी हुन् । आइतबार निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ ।

अभिनेता प्रदीप खड्काले बारा–पर्सामा गएको भीषण हावाहुरीबाट पीडितलाई सहयोग घोषणा गरेका छन् । सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त जिल्लाका हावाहुरी पीडितहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन्, उनिसंगै निर्माता गोविन्द शाहिले पनि हात मिलाएका छन् ।

प्रतिष्ठित ब्यानर महसंचारको चलचित्र दाल भात तरकारीले हलिउड फिल्म एभेन्जरः इन्ड गेमको डरले छाडेको डेटमा अर्को नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । आउँदो बैशाख १३ मा कालो वर्ष नामक चलचित्र प्रदर्शन आउने निश्चित भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै यसै हप्ता चलचित्रको रोमान्टिक गीत ‘यस्तो साथी’ युट्युबमा सार्वजनिक गरेको छ ।  गीतमा अञ्जु पन्त र विशाल निरौलाको स्वर सुन्न सकिन्छ । भिडियोमा चलचित्रका लिड कलाकार ओकेश पनेरु र अनुपा खड्का देखिएका छन् ।

रमेश उप्रेती स्टारर चलचित्र ‘ऐश्वर्य’ बाट चलचित्र दुनियाँमा प्रवेश गरेकी अभिनेत्री दीपिका प्रसाई चाँडै निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दैछिन् । उनै अभिनेत्री एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने चलचित्र हेल्लो जिन्दगीमा अनुबन्ध भएकी छन् । चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा हुने निर्देशक बोहोराले जानकारी दिएका छन् ।

यही चैत २९ गतेबाट प्रदर्शनमा उत्रिन लागेको चलचित्र ‘यात्रा’ को नया“ गीत युट्युब रिलिज भएको छ । ‘डुलि डुलि’ बोलकोे गीतमा गायिका मेलिना राईले स्वर भरेकी छन् । दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको गीतमा कोविद बज्र र प्रतिक पौडेलले संयूक्त रुपमा संगीत भरेका छन् । गीतको भिडियोमा चलचित्रकी लिड एक्ट्रेस मलिका महत ‘तपस्या साँझ’ मा टुंगना बजाएर गीत गाउ“दै देखिएकी छन् ।

करोडौं लगानीमा बनेका चलचित्रहरु एकअर्को अर्को बक्सअफिसमा डुबिरहेको अवस्थामा अहिले फिल्मकर्मीहरु हलमा फिल्म रिलिज गर्न डराएको अवस्था छ । हरेक हप्ताहरु नेपाली फिल्मले हलमा हावा खाइरहेका छन् । ठूला स्टारका चलचित्र समेत चल्न छाडेका छन् । हलको व्यापार यतिसम्म ठन्डाराम भएको छ कि, चलचित्रले पोस्टर टा“स्ने माडको पैसा समेत उठाउन सकेका छैनन् । यहि हप्ता चलचित्र अमेरिकन बाबु मेड इन नेपाल हलमा सार्वजनिक नगरेर सिधै युट्युवमा सार्वजनिक गरिएको छ । नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेका कारण चलचित्र सिधै युट्युबमा रिलिज गरिएको निर्देशक तथा निर्माता ईश्वर थापाले जानकारी दिए ।

यहि शुक्रवारदेखी चलचित्र लभ स्टेसन सार्वजनिक भयो । हिजो सार्वजनिक भएको चलचित्र ठिकठाकै चलेको निर्माण पक्षले जनाएको छ । यसले के कस्तो ब्यापार गर्नेहो हेर्न वाकी छ ।

यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ३ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । शुक्रवार सार्वजनिक चिट डे बोलको गीतमा चलचित्रकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् । चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको हुँदा सार्वजनिक गीतमा आफ्नो फेभरेट गायक प्रेम ‘अनमोल केसी’ लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ ।