सानो संसार, लुट र छक्का पञ्जा ३ फेरि रिलिज

 

काठमाडौं – सिनेमा घर र वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’ को आयोजना गर्ने भएको छ । राजधानीमा आगामी चैत्र २१ गते बिहिबारका दिन चलचित्र संघले कमलपोखरी स्थित क्युएफएक्स कुमारी हलमा ‘एक दिवसिय चलचित्र उत्सव’ को आयोजना गर्ने भएके हो ।

अध्यक्ष प्रदीप कुमार उदयद्धारा जारी विज्ञप्तीमा ‘एक दिवसिय चलचित्र उत्सव’मा फरक फरक समयका चर्चित तिन सिनेमा ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’को प्रदर्शन गरिने जनाइएको छ ।
‘सानो संसार’लाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् । ‘लुट’ र ‘छक्का पञ्जा ३’ लाई निश्चल बस्नेत र दीपाश्री निरौलाले निर्देशन गरेका हुन् । यस उत्सवले नेपाली सिनेमालाई महत्त्वपूर्ण योगदान पुग्ने विश्वास चलचित्र संघको छ ।

विज्ञप्तीमा भनिएको छ, ुनेपाल चलचित्र संघले आफ्नो स्थापना कालदेखि नै नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार, प्रर्वदन एवं सम्वर्दनमा महत्त्वपूर्ण भूमिका निर्वाहा गर्दै आएको छ । यहि परिप्रेक्षमा नेपाली सिनेमाको बजार विस्तारका लागि राजधानीमा चलचित्र उत्सव आयोजना गर्न लागेका छौं ।ु

केही वर्ष पहिले निर्माण भएको सफल सिनेमा सानो संसारमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, कर्मा शाक्य, जिवन लुईंटेल, निर शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको थियो । यस्तै, माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माणमा बनेको सिनेमा लुटमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको थियो । यहि वर्षको दशैंमा रिलिज भएको सुपरहिट सिनेमा छक्का पञ्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाई, प्रिंयका कार्की, बुद्धि तामाङ, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।