चर्चित गायक विशाल निरौंला भन्छन्, ‘भाग्यले साथ दियो’

 

काठमाडौं- चर्चित गायक विशाल निरौलाले भाग्यले साथ दिएकाले यो स्थानसम्म आउन सफल भएको बताएका छन् । हालै रंगपोस्टरसँगको कुराकानीमा उनले लामो समयदेखीको मिहेनत र भाग्यको संयोगले सफलताको उचाईमा चढेको बताए ।

लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय उनि गायन तथा संगीत भर्न माहिर मानिन्छन् । हालै मात्र निरौलाले चलचित्र ‘शुभ लभ’ बाट पाश्र्व गायनको यात्रा सुरु गरिसकेका छन् । म्यूजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका उनको स्वर रहेको दोस्रो फिल्म ‘कालो बर्ष’को गीत पनि केहि दिन अघि सार्वजनिक भएको छ ।

खेम सरु मगरको शब्द र संगीत रहेको ‘यस्तो साथी’बोलको गीतमा उनलाई गायिका अन्जु पन्तले पनि साथ दिएकी छिन् । वैशाख १३ गतेदेखि प्रदर्शन हुने यो चलचित्रको गीतपछि उनले अर्को एक विग व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्ने लगभग फाइनल भएको छ ।

हालसम्म १ सयवढि गीतमा स्वर दिएका उनले सयौं गीतमा संगीत भरेका छन् भने केहि गीतमा शव्द समेत लेखेका छन् ।