यस्तो पो लोकगीत

 

काठमाण्डौं :  लोक तथा दोहोरी गायिका सरिता कार्की र कुलेन्द्र बिश्वकर्माको आवाजमा तयार भएको लाउँछ माया बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि दिनअघि सार्वजनिक यो गीतमार्फत पहिलो पटक लोकगीतमा चर्चित अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छिन् ।

चर्चित मोडल महेन्द्र गौतम र अभिनेत्री सुरक्षा पन्तको आकर्षक अभिनय समेटिएको भिडियोलाई धेरैले मन पराएका छन् । सेन्टिमेन्टल गीतमा एकछत्र राज गरेका मोडल महेन्द्र गौतमलाई यो गीतमा निकै भिन्न स्वरुपमा देख्न सकिन्छ । सेन्टिमेन्टल गीतमा एकछत्र राज गरेका मोडल गौतमले झण्डैं ५ वर्षदेखी यो लोकप्रियता चुमेका हुन् ।

चर्चित लोकसर्जक शिव हमालको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियो भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा खिचिएको हो ।

पछिल्लो समय सार्वजनिक भैरहेका लोकगीत भन्दा यो निकै भिन्न छ । धेरैले असाध्यै मन पराएका छन् । युट्युवमा आउने प्रतिक्रियामा धेरैले भनेका छन्, ‘यस्तो पो लोकगीत !’

हेर्नुस् भिडियो