बुटवलमा विर विक्रम-२ को च्यारीटी हुने

 

काठमाण्डौं : रोटरी क्लव अफ बुटवल साउथले जेठ ३ गतेबाट सार्वजनिक हुन लागेको चलचित्र विर बिक्रम–२ को च्यारिटि शो गर्ने भएको छ । चलचित्र केहि समय अघि मात्रै छायाँकन सकिएको थियो ।

पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटि तथा पछिल्लो समयका चर्चित वाल कलाकार क्रिजन गौतमको अभिनय रहेको यो चलचित्र बुटवल क्षेत्रमा रहेका उद्योगी, व्यवसायी तथा समाजसेवीहरुलाई देखाउन लागिएको हो । क्रिजन आगामी २०७६ सालका लागी विग व्यानरको एक चलचित्रमा फाइनल भैसकेका छन् । मिलन चाम्सद्वारा निर्देशित चलचित्रको च्यारिटिवाट उठेको रकम समाजसेवामा हस्तान्तरण गरिने रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रकाश पौडेलले बताए ।

कार्यक्रम संयोजक निशान वावु कार्कीले एक महिनापछि हुन लागेको च्यारिटीका लागी अहिलेदेखीनै लागि परेको बताए । उनले नेपालीहरुमा चलचित्र हेर्ने बानीको विकासका लागी पनि च्यारिटी गरेको जानकारी दिए । उनका अनुसार च्यारिटीमा २ सय ५० जना दर्शक उपस्थिती हुने अनुमान छ ।

यो चलचित्र २०७६ को प्रतिक्षित चलचित्र समेत हो ।