विद्यार्थी भेट्न कलेज पुग्यो प्रदीप सहित टिम

 

काठमाडौं : २२ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ कलेज प्रचारमा निस्किएको छ । शुक्रबारबाट कलेज प्रचार अभियान सुरु गरेको यो टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको हो ।

अभिनेता प्रदीप खड्का, प्रकाश शाह, निर्माता गोविन्द शाही लगायतका टोली फिल्म प्रचारका लागि कलेज पुगेका थिए । कलेजमा फिल्म कलाकारसहितको टोलीले ‘घाम जुन नै चाँहिदैन’ गीतलगायतका फिल्मका गीतमा नृत्य गर्दै प्रचार गरेका थिए ।

सोही अवसरमा फिल्मको बिषयमा कलाकार टोलीले विद्यार्थीसँग अन्तरक्रिया समेत गरेको अभिनेता प्रदीप खड्काले् बताए । आफ्नो मन पर्ने अभिनेता प्रदीप आफ्नो कलेजमा देखेपछि विद्यार्थीहरुले तछाडमछाड गर्दै सेल्फी समेत खिचेका थिए ।

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक बिषय समेत समेटिएको ‘लभस्टेशन’ उज्वल घिमिरेले निर्देशन गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही ९क्रिसु० र कविर विक्रम शाही निर्माता रहेको फिल्ममा प्रदीपको अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय देख्न सकिन्छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल हुन् ।