२५ वर्षमा टेके अनमोल केसी

 

काठमाण्डौं : नायक अनमोल केसी २४ वर्ष पूरा भई २५ वर्षमा प्रवेश गरेका छन् । सन् १९९५ को चलचित्र ‘धर्म’मा बाल कलाकारको रुपमा अभिनय गरि चलचित्रमा प्रवेश गरेका अनमोलको मुख्य कलाकार(नायक)का रुपमा डेव्यु चलचित्र ‘होस्टेल’ हो ।

अनमोलको नाममा १३ चलचित्रमा कलाकार तथा निर्माताको क्रेडिट रहेको छ । मुख्य कलाकारको रुपमा अनमोलले काम गरेको सातौं चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट प्रदर्शन हुँदैछ । मुख्य कलाकारका रुपमा काम गरेको तेस्रो चलचित्र ‘ड्रिम्स’बाट उनको क्रेज चुलिएको थियो ।

अनमोलका बुबा भुवन केसी र आमा सुस्मिता केसी हुन् । भुवन कलाकार र निर्माताको रुपमा चर्चित छन् भने सुस्मिता पनि तत्कालिन समयकी सफल कलाकार हुन् । हाल उनले भारतीय मुलका अस्ट्रेलियन नागरिकसँग विहे गरेकी छिन् ।