११ लाखबाट माथी उक्लियो परानको भ्युज

 

काठमाडौं – चर्चित अभिनेता अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ को लोक फ्लेवर ‘परान’ गीतले सामाजिक सञ्जाल युट्युबमा किर्तिमानी भ्युज पाएको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा पुग्दा १० लाख बढि भ्युज पाउन सफल भएको छ । यो समाचार तयार पार्दासम्म यो गीत हेर्नेको सख्या साढे ११ लाख भ्युज आएको छ ।

चैत्र २९ गते रिलिज हुने यो चलचित्र यो वर्षकै बहुप्रतिक्षीत चलचित्रको रुपमा हेरिएको छ ।

सांगीतक प्रेमकथा बोल्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली चलचित्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।