विकासवोर्डको अध्यक्षमा भट्टराई नियुक्त

 

चलचित्र विकास बोर्डको अध्यक्षमा पुराना चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । आज विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्षमा नियुक्त भएसँगै उनलाई सुभचिन्तकबाट सुभकामनाको ओइरो लागेको छ । काम धेरै गर्ने र कम बिबादमा आउने भट्टराईको नियुक्तीलाई धेरैले स्विकारेका छन् ।

निवर्तमान बोर्ड अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदपूर्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन मांग गरेको थियो । नवनियुक्त अध्यक्ष भट्टराईले आफुले पाएको जिम्मेवारीलाई राम्रसँग वहन गर्ने बताए । उनले शुक्रबार पत्र बुझेपछि बोर्डमा अध्यक्षको कार्यभार ग्रहण गर्नेछन् ।

भट्टराईलाई रंगपोस्टको तर्फवाट धेरै धेरै सुभकामना !