जन्मदिनको अवसरमा एम्बुलेन्स सहयोग

 

काठमाण्डौं : निर्माता सुवास गिरीले आफ्नो जन्मदिनको अवसरमा एम्वुलेन्स हस्तान्तरण गरेका छन् । आफैले स्थापना गरेको सुवास फाउन्डेशन मार्फत समाजिक कार्यलाई अघि बढाउने समेत जनाएका छन् ।

फाउण्डेशन स्थापना सँगै गिरीले गृह जिल्ला सिन्धुलिको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । आगामी सिदनमा पनि यस्तै किसिमका सहयोग गर्दै जाने गिरिको भनाई छ ।

चलचित्र निर्माण, म्यानपावर, होटल लगायतका व्यवसायमा संलग्न गिरीले आफ्नो कमाईको १० प्रतिशत रकम फाउण्डेशनमा जम्मा गर्दै जाने बताए । उक्त फाउण्डेसनमार्फत आगामी दिनमा सहयोगका कामहरु अगाडी वढाउने निर्माता गिरीले बताए ।  हालै मात्रध मलेसियामा सुपरमार्केट स्थापना पछि नेपाल आएका उनि नयाँ चलचित्रको काममा लाग्ने तयारी रहेको मसेत वुझीएको छ । अघिल्लो वर्ष मात्रै उनले चलचित्र कृ निर्माण गरेका थिए ।

वर्थ डे को अवसरमा उनलाई हाम्रो तर्फएवाट धेरै धेरै सुभकामना !