न यता न उता, कस्तो होला चोलीको तुना

 

काठमाण्डौं  : प्रदर्शनको तयारीमा रहेको चलचित्र न यता न उताको गीत सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको चोलीको तुना वोलको गीतमा सो चलचित्रका मुख्य कलाकार ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षीत, मिराज रोशलाई देखिएका छन् ।

सार्वजनिक गीतमा मिलन जलन र राजन इशानको संगीत, एकनारायण भण्डारीको शब्द तथा राजन इशान र मिलन अमात्यको स्वर छ ।

गीतमा विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् ।

सिनेमामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षीतका अलवा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यस्तो छ चोलीको तुना