मदहोसको छायाँकन अन्तिम चरणमा

 

काठमाण्डौं : चलचित्र मदहोसको यतिवेला चितवनमा धमाधम छायांकन भैरहेको छ । केहि दिनअघि यो चलचित्रको छायांकनका लागी ५० जना भन्दा वढिको सख्याँमा निर्माण टिम चितवन प्रस्थान गरेको थियो ।

अहिले यो चलचित्रको छायांकन एकदमै तिव्रै गतिमा भैरहेको छ ।

भ्रखरै मात्र यो चलचित्रको एक गित ‘माछी जालैमा’ गितको छायांकन गरिएको छ । यो गितको शव्द एस के अधिकारीले लेखेका हुन भने सन्तोष प्रगाडको संगीत छ । नित्या शिवा र सन्तोष प्रगाडले स्वर दिएका छन् । गोल्डेन आई फिल्मस्को ब्यानरमा राजु पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रको लेखन तथा निर्देशन एसके अधिकारीले गरिरहेका छन् । चलचित्रलाई बिक्रम कार्कीले खिचिरहेका छन् ।

चलचित्रमा दिपेन्द्र कोईराला, श्रृटी भट्टराई, सन्तोष श्रेष्ठ, राजु पौडेल, कशिस दाहाल, रोबोट बडाला, संकर कोईराला, आष्मान तामाङ्ग, दिपक अधिकारी लगायतले अभिनय गरेका छन् ।

५० लाख भन्दा वढिको लगानीमा निर्माण हुने यो चलचित्रको प्रदर्शन मिति भने तय भैसकेको छैन ।