रहेनन् राम केशर बोगटी

 

काठमाण्डौं :  चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ ।

टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको बि एन्ड बि अस्पताल लैजादै गर्दा वाटोमै निधन भएको हो । उनलाई अहिले सोही अस्पतालमा राखिएको छ ।

विभिन्न कलाकारहरु, निर्माता, निर्देशक तथा पत्रकारहरुको त्यहाँ भिड छ ।

निर्देशक तथा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफुहरु सवै भेला भईसकेपछि परिवारको सल्लाहअनुसार के गर्ने भन्ने वारे निर्णय लिने बताए ।

वोगटीसँगै अर्का एक व्यक्ति पनि घाइते भएका थिए । यद्यपी उनी अहिले खतरामुक्त रहेको बताईएको छ ।

वोगटीले ३ वर्षअघि भएको चुनावमा भारती मतले विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी लय संगौलाले १ सय ६०, विशाल विष्टले २० र रामकेशरले २ सय ३८ मत ल्याएका थिए ।