ठग्स अफ हिन्दोस्तानको आकर्षक पोस्टर

काठमाडौं : बलिउडको बिग व्यानर यशराज व्यानरले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ, फतिमा सना सेख लगायतका कलाकारहरु अटाएका छन् ।

पोस्टरमा आमिर खान र अमिताभ बच्चन तलबारको साथ उझिएका छन् भने फातिमा सना शेख तिरको लिएर उभिएकी छन भने क्याटरिना हट अवातारमा उभिएकी छन् ।

सिनेमामा आमिर खान (फिरंगी) र अमिताभ बच्चन (खुदाब्कस) क्याटरिना कैफ र फातिमा सना शेख (जाफिरा) को भुमिका निवार्ह गर्ने छन् । विजय कृष्ण आचार्यले निर्देशन गरेको सिनेमा ‘ठग्स अफ हिन्दोस्तान’ ८ नोभेम्बरमा रिलिज हुँदैछ ।