हाँस्यकलाकार निरु खड्का भन्छिन्, –‘अरुलाई हँसाउने हामी रोएको कस्ले वुझ्ने ?’

चाडैनै नयाँ सिरीयलवाट देखिने वाचा गर्छुniru khadka
रामजी ज्ञवाली

रंगपोष्ट/काठमाण्डौं १५, माघ । चर्चित हास्य टेलिसृखला मेरी वाँस्सैको अभिनयले होस या स्टेजहरुमा चढेर देखिने दृश्यले होस, कलाकार निरु खड्का हँसाउन माहिर छिन् । उनको अभिनयलाई दर्शकले खुवै मन पराएका छन । लामो समयदेखी ‘हाँस्यकलाकारीता’ पेशालाईनै सम्हाल्दै आएकी उनी मेरी वाँस्सै वन्द भएपछि पनि स्टेज र देश विदेशका विभीन्न कार्यक्रमहरुमा व्यस्त छिन् । तर मेरी वास्सै वन्द भएकोमा आफ्नो मनको कहिँ कतै दुःखी चाहि भएको छ उनलाई ।
कुराकानीको शुरुमै सोधीयो, साच्चीकै दर्शकको पेट मिची मिची हँसाउन कत्तिको गाह्रो हुन्छ ?, –‘उनले भनिन, –‘देख्दा सहज देखिएपनि अभिनयवाट दर्शकलाई हँसाउने भन्ने कुरा चानेचुने कुरा हैन ।’ कहिले कुन कार्यक्रममा पुगेर हँसाउनुपर्ने हुन्छ, कहिले कुन थाहा हुदैन, कार्यक्रमले हाम्रो घरपरिवारको स्थितीलाई वुझेको हुदैन, उनले भनिन, –‘घरको पिडा र मनको पिडा एकातिर राखेर दर्शकलाई हँसाउनुपर्ने हुन्छ यहिनै ठुलो चुनौतीको कुरा हो ।’
पछिल्लो समय हँसाउन आउने कलाकारलाई उनको एक मात्रै जवाफ छ, –‘अध्ययन चाहि धेरैनै गर्नुस् है ?’ देश र समय परिस्थिती अनुसार वुझेर हँसाउन सक्ने क्षमता धेरै कम मान्छेसँग मात्रै हुन्छ, हँसाउने पेशा ठुलो मिहेनतको पेशा पनि हो भन्छिन हाँस्यकलाकार खड्का ।
२०५७ सालमा स्टेज चढेकी उनि यहि पेशामै लागेका अहिले १५ वर्ष पुग्न थाले । १५ वर्षको अनुभवमा उनले धेरै कुरा वुझेकी छिन, धेरै कुरा जानेकी छिन । ०५७ सालमा राष्ट्रिय नाँचघरमा भएको सोरठी नाटकमा अभिनय गर्र्दै यो यात्रामा पाईला चालेकी उनी कोरस डान्स, केही सामाजिक टेलिसृखला हुदै ‘मेरी वास्सै’ सम्म आईपुगिन् । यो यात्रामा लाखौ मानिसहरुसँग परिचीत हुन पाएकी उनी हाँस्यकलाकार भएर चिनीनुको राज दमन रुपाखेतीलाई दिन्छीन । कारण, दमन रुपाखेतीलेनै मेरी वास्सै सिरीयलमा ईन गराएका थिए ।
महारानीको भुमिकामा सुरुमा स्टेज चढेकी उनि त्यसपछि यो पेशामा त्यस्तो ठुलो दुःखी हुनु परेको छैन । देश विदेशका कार्यक्रमहरुमा राम्रैसँग फापेकी छिन उनि ।
अमेरीकामा २ पटक, मलेसीया, दुवई, कतार, रसीया हुदै देशका धेरै जिल्लामा पुगेकी उनले मेरी वाँस्सै सिरीयल वन्द भएपनि चाडैनै नयाँ सिरीयलवाट देखिने वाचा गरेकी छिन् । ‘मेरी वाँस्सैका फ्यान होलान या अन्य कुनै सिरीयलका त्यो फरक कुरा हो, मेरा पनि फ्यानहरु हुनुहुन्छ, मेरी वास्सै वन्द भएपछि मेरा फ्यान पनि दुःखी हुनुभएको छ, झण्डै ४ वर्ष ‘मेरी वास्सै’ मा अभिनय गरेकी उनले भनिन, –‘तर उहाँहरुलाई चाडैनै खुसी वनाउनेछु, नयाँ सिरीयलमा चाडैनै आउनेछु । पक्का आउनेछु, पक्का ।’ कलाकार खड्काको नयाँ सिरीयल कहिले आउनेहो त्यो भने समयलेनै वताउनेछ ।