भूकम्पले घाइते भएका प्राविधीकको निधन

रंगपोष्ट डट कमdhan-bahadur-shrestha
काठमाण्डौं ३१, वैसाख । आफ्नी ९८ बर्षकी आमालाई बचाउँन खोज्दा घरले किचिएर गम्भिर घाइते भएका प्राविधीक धन बहादुर श्रेष्ठको निधन भएको छ । उनको आज काठमाण्डौको निधान अस्पतालमा निधन भएको हो ।

वैशाख १२ गते आएको भूकम्पबाट ५८ बर्षका श्रेष्ठ काभ्रेको आफ्नै घर भत्किदा किचिएका थिए । उनको मोडल अस्पतालमा उपचार भैरहेको थियो । मोडलबाट उनलाई निधान अस्पताल सारिएको थियो । चलचित्र ‘श्री स्वस्थानी’देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय धन बहादुरले सुटिङ स्थलमा खाना पकाउने काम गर्थे । उनलाई क्रिया खर्च भन्दै ‘हामी सबैका लागि’ नारा लिएर चलचित्रकर्मीले स्थापना गरेको कोषबाट १५ हजार सहयोग गरिएको छ ।
उनलाई नेपाल चलचित्र प्राविधीक संघले पनि राहत दिने भएको छ । उनका २ छोरा, २ छोरी, श्रीमती छन् । अहिलेसम्म करिब ३१० जना प्राविधीकको घर पनि ध्वस्त भएको प्राविधीक संघले बताएको छ ।