भूकम्पमा तेलगु फिल्मका अभिनेता बिजय सहित ८ बलिडउकर्मीको मृत्यु 

रंगपोष्ट डट कम
काठमाण्डौं १५ वैसाख – : नेपालको महाभूकम्पमा परी तेलगु फिल्मका अभिनेता के. बिजय सहित अन्य ८ बलिडउकर्मीको मृत्यु भएको छ । भारतीय मिडियाले २५ बर्षीया बिजय आफ्ना २० सदस्य टिमका सहित नेपाल सुटिङका लागि आएको बेला भुकम्पमा परि मृत्यु भएको जनाएका छन् ।11060012_912072068849838_2940313145774605900_n

‘एकताकरम डटकम’ नामक फिल्म सुटिङबाट फर्किने क्रममा उनी चढेको कारलाई भूकम्पले भेटेपछि घटना घटेको बताईन्छ । कोरियोग्राफर समेत रहेका अभिनेता बिजयको पार्थिव शरिरलाई जति सक्दो चाँडो स्वदेश झिकाउँन तेलगु फिल्म ईन्डष्ट्रीले सरकारसंग माग गरेको छ । यस्तै नेपाल सुटिङको तयारीमा रहेको अर्को ८ सदस्य बलिउड फिल्मकर्मीको पनि निधन भएको पुष्टी भएको छ ।

अभिनेत्री मुग्धा गोड्सेले टीवटरमा दिएको आधिकारिक भनाई अनुसार पोखरा सुटिङको क्रममा उनको टिमका ८ सदस्यको निधन भएको हो । यस बिषयमा नेपाल सरकारबाट कुनै पनि आधिकारिक भनाई सार्वजनिक भईसकेको छैन् । मुग्धा चाँहि उक्त टिमका अभिनेता रुस्लान मुम्ताजका साथ काठमाण्डूमै छिन्