नयाँ फ्लेबरमा ए मेरो हजुरको कम्लिमेन्ट्री

 

काठमाडौं – अभिनेता अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा अभिधनित चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो गीतलाई सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो साथ पाएको छ । गीतको भिडियोलाई चार घण्टामा झण्डैं २ लाखले हेरिसकेका छन। नेपाली चलचित्र क्षेत्रका पण्डितहरुले यो गीतले नयाँ रेकर्ड कायम गर्ने आँकलन गरेका छन् । ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ ।

सुहानाको डेव्यु चलचित्र

झरना थापाले निर्देशन गरेको सांगीतक प्रेमकथा बोल्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने यही चलचित्रबाट सुहाना थापाले डेव्यु गर्न लागेकी हुन् । सुहाना यो चलचित्रका सिनर्माता तथा निर्देशककी छोरी हुन । उनि लामो समयदेखी अमेरिकामा वसेर पढ्दै आएकी थिइन भने यहि चलचत्रिका लागी उनि एक बर्षअघि नेपाल आएकी हुन । हुन् । यो चलचित्रमा सुहानाले निकै खटेर काम गरेका कारण उनलाई सम्भावना बोकेको हिरोइन भनेर चलचित्रक्षेत्रमा हल्ला सुरु भर्एको छ ।

को कसको अभिनय छ ?

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

यस्तो छ भिडियो