चलचित्र ‘जानी नजानी’ को टाइटल गीत

 

काठमाण्डौं : चैत्र १ मा रिलिज हुने चलचित्र जानी नजानीको टाइटल गीत सार्वजनिक गरिएको छ ।

रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको टाइटल गीतमा मोदनाथ खनालको शब्द तथा चर्चित अन्जु पन्त र प्रताप दासको सुमधुर आवाज रहेको यस अर्जुन पोखरेलको संगीत छ।

प्रविन सिंहले कोरियोग्राफी गरेको यस भिडियोलाइ बसन्त अधिकारीले निर्देशन गरेका हुन ।

फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन्। सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ।

यसै फिल्ममार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ।