एसइई टप मोडल आइकन हुने

 

 

काठमाण्डौं : एसइई टप मोडल आइकन-२०१९ हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रम हुने विषयमा जानकारी गराएको हो ।

ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेन्ट्सले  गर्न लागेको उक्त प्रतियोगितामा एसइई दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । काठमाडौँ र दमौलीमा हुने उक्त प्रतियोगितामा सहभागी हुन चाहनेको लागि रजिस्ट्रेसन खुल्ला गरिएको छ । एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्दी संगै प्लस टु अध्ययनको लागि सहयोग पुग्ने उदेश्य अनुसार यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

काठमाडौँमा चैत्र २९ र ३० गते र बैशाख ३ गते तथा दमौलीमा चैत्र २५ र २६ गते अडिसन हुने आयोजकले जानकारी दिएको छ । एसइई टप मोडल आइकन-२०१९ मा सहभागी हुन चाहनेले एसएमएस आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ ।त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ।

प्रतियोगितामा विजेताले स्कुटर, नगद १ लाख, बैकंक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति, बृज कोर्स, अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्धितिय हुनेले नगद १ लाख १० हजार, बैकंक टुर, प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । सम्पूर्ण सहभागीले प्लस पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् ।

काठमाडौँमा हुने कार्यक्रमको लागि पुष्पलाल मेमोरियल कलेजले मुख्य प्रायोजन गरेको छ भने दमौलीमा हुने कार्यक्रमको लागि परासर कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेष्ठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए ।