‘यात्रा’को दोस्रो गीत सार्वजनिक, यस्तो बन्यो ‘चट्ट रुमाल’को रिमेक( भिडियो )

काठमाडौं । चलचित्र ‘यात्रा’ मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममको आयोजना गरी चलचित्रको ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो । १८ वर्ष अघि प्रदर्शन भएको चलचित्र ‘आफ्नो मान्छे’ को यो गीतलाई रिमेक भर्जनमा ‘यात्रा’ मा समावेश गरिएको हो ।

आफ्नो मान्छेमा बाबुराम दाहालको शब्द, साधना सरगम र सम्भुजित बास्कोटाको आवाज तथा सम्भुजितकै संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकार श्रीकृष्ण श्रेष्ठ र निरूता सिंहले अभिनय गरेका थिए ।

चलचित्र ‘यात्रा’ का लागि उक्त गीतमा धर्मेन्द्र सेवन र मेलिना राईको आवाज छ । प्रविन सिंहको नृत्य निर्देशन रहेको गीतमा चलचित्रका मूख्य कलाकार सलिनमान बनियाँ, सलोन बस्नेत, रियर राई, मलिका महत, प्रेक्षा बज्राचार्य लगायतका कलाकारको नृत्य देख्न सकिन्छ ।

सम्राट शाक्यको लेखन तथा निर्देशनमा तयार भएको ‘यात्रा’ लाई केशव भट्टराई र सुशील पोखरेलले निर्माण गरेका हुन् ।

यो चलचित्रको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् भने बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह–निर्माता हुन् ।

हिमाल केसीको द्वन्द्व चलचित्रलाई संजय लामाले खिचेका हुने भने बनिश शाहको सम्पादन छ । चलचित्र २९ चैत्र २९ मा रिलिज हुदैछ ।

यस्तो छ गीत