यस्तो छ ‘लभ स्टेशन’ को ट्रेलर (भिडियो )

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरूङ अभिनित चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व र कमेडी मिश्रित छ । प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा ट्रेलर केन्द्रित छ ।

उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदीप गायकको भूमिकामा देखिएका छन् भने जसिताले दार्जिलिङकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् । २२ चैतमा रिलिज हुने चलचित्रको निर्माता गोविन्द शाही हुन् ।

‘लभ स्टेसन’ प्रदीप र जसिताको अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायत कलाकारहरुकोे अभिनय छ ।

चलचित्र काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

भिडियो हेर्नुस्