‘साँइली’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । फिल्म ‘साँइली’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार फिल्मको ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरेका हुन् ।

फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र बैदेशिक रोजगारीको दुखान्तलाई प्रस्तुत गरिएको छ । रामबाबु गुरूङले निर्देशन गरेको फिल्ममा गौरव पहाडी, मेनुका प्रधान दयाहाङ राई र केनिपा सिंहको मुख्य भूमिका छ ।

चैत्र १५ गतेबाट रिलिज हुने ‘साँइली’मा हेमन्त राना, विशाल गुरुङ, अर्जुन पोखरेल, मोहन थापाको सयुक्त लगानी रहेको छ । फिल्मको सह–निर्माताको रुपमा विजय अवाले, विकास पोजास, शुभेच्छा केसी छन् । त्यस्तै मणिराम पोखरेल फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायत कलाकारहरुको पनि अभियन छ ।

जीएच इन्टरटेमेन्टको ब्यानरमा तयारको भएको फिल्मलाई रामबाबु गुरुङ स्वयमले नै लेखेका हुन् । फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

भिडियो हेर्नुस्