ब्लकबस्टर होला रणवीर ?

 

 

काठमाण्डौं :  वैसाख देखी माघसम्म आईपुग्दा धेरै नेपाली चलचित्र प्रदर्शन हुने मौका पाए, तर अधिकासं चलचित्र फ्लप भए । चलचित्रको वाढि रोकिएको छैन । आगामी शुक्रवार अर्थात माघ १८ गते शुक्रवार प्रदर्शन हुन लागेको चलचित्र रणविर विभिन्न कारणले चर्चामा छ । महंगो बजेटमा निर्माण भएको यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका जाने वुझेकाले सम्भाबित अव्बल चलचित्र मानेका छन् ।

केही साताअघि सार्वजनिक भएको तिरिमिरी तिरिमिरी…गीत लोकप्रिय भैसकेको यो चलचित्रमा सुशील सिटौला तथा शुभेच्छा खड्काको जोडीले मुख्य भूमिका निर्वाह निर्वाह गरेको छ । चलचित्रमा प्रशान्त ताम्राकार तथा सुपुष्पा भट्ट पनि महत्वपूर्ण भूमिकामा छन ।

होस्टल, सुन्तलीलाई भगाइलग्यो झिल्केले तथा गाँजावाँजाबाट आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका अभिनेता सिटौलाका लागि रणवीर टर्निङ प्वाइन्ट बन्न सक्छ । अभिनेता सिटौला भन्छन, ‘रणवीर बन्न मैले के–कति मेहनत गरेको छु, त्यो चलचित्र हेरेपछि सबैले मूल्यांकन गर्नु हुनेछ । यो मेरो अभिनय करियरकै महत्वपूर्ण चलचित्र हो ।’

दिपेन्द्र रेग्मी र गोमा विष्टले मिलेर निर्माण गरेको यो चलचित्रलाई हेर्न लायक गराउनका लागी निर्माण टिमले कुनैपनि हद वाकी नराखेको बताउँदैआएका छन् । चलचित्रकी निर्मात्री गोमा विष्ट ‘थापा’ भन्छिन्, ‘रणविले हाम्रो पुस्ताको माया र मित्रताको कथा भनेको छ । चलचित्रमा एक्सन पनि छ, जसमा हामी सबैले प्रशस्त मेहनत गरेका छौं ।’

यो चलचित्र यस कारण पनि महत्वपुर्ण छ की, सन् २०१२ मै मिस नेपाल इन्टरनेसनलको एवार्ड जित्न सफल शुभेच्छा खड्का यही चलचित्र मार्फत अभिनेत्रीका रूपमा दर्शकमाँझ देखिदैछिन् । कथा र टिम मन पराएका कारण रणविर खेल्न राजी भएकी अभिनेत्री खड्काले अहिलेसम्म आएका दर्जनौं प्रस्ताव अस्विकार गर्दै आएकी थिईन् । उनलाई राम्रै पारिश्रमिक दिएर चलचित्रमा अभिनय गराउन सफल भएको निर्मात्री विष्ट वताउँछिन । अर्का निर्माता दिपेन्द्र रेग्मीले अभिनेत्री खड्काले चलचित्रको कथावस्तु मन पराएका कारण रणविरमा ईन्ट्रि गरेको वताउँदै भने, ‘कलाकारको राम्रो अभिनय र विषयवस्तुका कारण रणविरले दर्शक तान्नेमा हामी ढुक्क छौं ।’

चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । उनका अनुसार यो चलचित्रमा माया, मित्रता तथा बदलाको कथा चित्रण गरिएको छ । रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडी लगायतका कलाकार अभिनित चलचित्रको मुख्य भुमिकामा काम गरेकी नयाँ अभिनेत्री सपुष्पाले चलचित्र नआउँदै धेरैले मन परँएका कारण आगामी पाईला थप उज्वल हुनेमा आफु ढुक्क भएको बताईन् ।