नेपाली चलचित्र ईतिहासको सवैभन्दा महंगो गित

 

काठमाण्डौं : चलचित्र ‘रणवीर’ को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक सार्वजनिक गरिएको छ । यहि शनिवार सार्वजनिक यो गितको बारेमा एउटा विशेष रहस्य वाहिर आएको छ ।

स्रोतका अनुसार यो चलचित्रको गित नेपाली चलचित्र ईतिहासकै सवैभन्दा महंगो वजेटमा निर्माण निर्माण भएको हो । यसको लागत निर्माण पक्षले ३० लाखदेखी माथी वताएको छ । ३० लाखमा त नेपाली चलचित्र समेत वनेको रेकर्ड छ । यो चलचित्रको गित निर्माण गर्न कलकलत्तादेखी सामाग्री ल्याउन र वाहिरदेखी कर्मचारी  ल्याउँदा खर्च भएको निर्माण पक्षको भनाई छ ।

राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र संगीत स्वयं सिवाकोटीले नै दिएका छन् ।

यो चलचित्रको गित निकै सुन्दर छ । भिडियो हेर्ने अधिकासंले भिडियो र कलाकारहरुको अभिनयको तारिफ गरेका छन् ।

केही दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु नायिका शुभेच्छा खड्कासँगै सुपुस्पा भट्ट नेपाली पहिरनमा देखिएका छन् ।भिडियोमा एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको छ ।

लभ स्टोरी र एक्सन जनरामा निर्मित फिल्ममा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । फिल्म माघ १८ गते देखी प्रदर्शनमा आउँदै छ । चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा विष्टले मिलेर निर्माण गरेका हुन । झण्डैं २ करोड लागतमा निर्माण भएको यो चलचत्रिभन्त्दा अघि रेग्मी र विष्टले चलचितत्र गाँजावाजा निर्माण गरेका थिए ।