२४ घण्टा नपुग्दै क्याप्टेनको गित ट्रेन्डिङमा

 

काठमाडौं – फागुन १७ बाट प्रदर्शन हुने चलचित्र क्याप्टेनको बिहीबार पहिलो गित सार्वजनिक गरियो, सार्वजनिक गीतले २४ घण्टा नपुग्दै शिर्ष स्थानमा आउन सफल भएको छ । गितले युट्युबमा पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

क्याप्टेनको गीत सामजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको आठ घण्टा मै युट्युब ट्रेन्डिङ १ मा कब्जा जमाएको थियो । गीत हेर्ने अधिकांस दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’ मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् । चलचित्रमा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ ।