‘क्याप्टेन’ मा फुटबल खेलाडी अनमोल

 

काठमाण्डौं : अभिनेता अनमोल केसीलाई फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘क्याप्टेन’ को फस्टलुक सार्वजनिक गरिएको छ । फागुन १७ गते प्रदर्शन हुने चलचित्रको फस्टलुकमा अनमोल केसी फुटबल बोकेर उभिएका छन् ।

यस्तै, चलचित्रको दोश्रो पोष्टरमा उनको साथमा अभिनेताद्धय सुनिल थापा र प्रशान्त ताम्राकार देखिएका छन् । यो चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । गीत रिलिज अगाडि चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले एउटा यूवकको फुटबल संघर्षको कथालाई उठान गरेको छ । चलचित्रका निर्माता भूवन केसीले भीएफएक्समा समय लागेकाले पनि चलचित्र रिलिजमा केही समय ढिला भएको बताए ।