प्रसाद : छक्कापन्जाको सवै रेकर्ड तोड्ला ?

 

काठमाण्डौं :  प्रिमीयर–शो वाट उच्च प्रशंसा पाएको चलचित्र प्रसाद यहि शुक्रवार अर्थात २१ मसिंरवाट नेपाल र अस्टे«लियामा एकसाथ प्रदर्शन हुदैछ । चलचित्रको ओपनिङ राम्रो हुने प्रिमीयर शो बाट आएको प्रतिक्रियावाट अनुमान गर्न सकिन्छ । प्रिमीयरमा उपस्थित अधिकांस चलचित्रकर्मी तथा पत्रकारहरुले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

गित र टे«लरवाटै चर्चा कमाएको चलचित्रको मल्टिप्लेक्समा बुकिङ खुलेको छ । क्युएफएक्स च्यानल अन्तर्गत राजधानी र मोफसलका पर्दाहरुमा प्रसादको शो बाडफाड भइसकेको छ । क्युएफएक्सले राजधानीमा पर्दामा प्रसादलाई १२ शो दिएको छ भने मोफसल तर्फ ८ शो पाएको छ ।

क्युएफएक्स अन्तर्गत सिभिल मलमा ४ शो, लबिम मलमा ३ शो, छाया“ सेन्टरमा २ शो, कुमारीमा २ शो र जयनेपालमा १ दिएको छ यस्तै मोफसलमा बिर्तामोडमा रहेको वानस्टपमा ३ शो, पोखरामा रहेको सिनेप्लेक्समा २ शो, नारायणघाटमा रहेको जालमामा २ शो र नेपालगञ्जमा रहेको बागेश्वरी सिनेमामा १ शो दिइएको छ ।

काठमाण्डौंमा रहेको मल्टिप्लेक्समध्ये बिग मुभिजले ४ शो, क्युज सिनेमाजमा २ शो, बिएसआर मुभिजमा ३ शो, सिने डी सेफमा ३ शो र एफक्युबमा ४ शो प्रसादले पाएको छ । यस्तै गोपिकृष्ण मुभिजमा पनि प्रसादले दैनिक ४ शो पाएको छ ‘गोपिकृष्ण मुभिजका गोपी र कृष्णहललाई मल्टिप्लेक्सको मान्यता दिइएको छ’ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमाले २ शोको बुकिङ्ग खोलिसकेको छ ।

सिंगल थियटर तर्फ भने चलचित्रले धेरै हलहरुमा आफ्नो पकड जमाउने वितरकहरुले जनाएका छन् । चलचित्रलाई मोफसलमा उज्ज्वल पौडेल र मनोज राठी तथा राजधानीमा गोविन्द शाहीले वितरण गर्दैछन् । शुशिल पौडेलको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । शुभाष थापाको निर्माण रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ ।

निःसन्तान दम्पतीको कथाव्यथा समेटिएको चलचित्र ‘विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहु“दासम्बन्धमा आइपर्ने उतारचढाव चलचित्रमा समेटिएको छ । चलचित्रको प्रिमीयर हेर्नेहरुले दिएको प्रतिक्रियापछि प्रसाद टिम मख्ख छ ।