भिसानको क्रेज

रामजी ज्ञवाली
काठमाण्डौं १५ चैत ।  12919344_10153960669445132_1282953353_oस्टेजमा चढिसकेपछि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने कला भिसानमा पनि पलाईसकेको छ । लाग्दैनथियो उनलाई यतिसम्म अथवा यहाँसम्म आईपुगिएला, तर जिवनमा नसोचेको सफलताको स्वाद उनले चाखिसकेका छन् त्यो हो सवैवाट पाउने प्रसंसा ‘वाह भिसान ।’
नेपाली संगित वजारमा गायकहरुको भिडमा चिनीएको नाम हो भिशान योञ्जन । झण्डैं १० वर्षदेखी उनि संगित क्षेत्रमा छन् र आफ्नो सानैदेखीका गायक वन्ने मोह मेटिसकेपछि उनलाई लाग्दैछ आजभोली –‘नेपालको संगित वजारलाई पनि विश्वमाझँ चिनाउँ । नेपाली कलालाई विश्व सामु पुराउँ ।’
स्कुले जिवन देखिनै गायन प्रतिको रुचिले गायनका होमिएका उनि २ पटक हंङकंङ र केही पटक भारत तथा धेरैपटक स्वदेशका धेरै ठाउँमा पुगेर कन्सर्ट गरिसकेका छन् । र आफुलाई एउटा रक पप गायक हो भनेर प्रमाणित गरिसकेका छन् । झण्डैं १० वर्ष अघि ‘प्रिमीयर’ एल्वमका साथ गायनमा होमिएका उनले अहिलेसम्म ५० भन्दा वढि गितमा स्वर दिईसकेका छन् । यसअघि पनि विभीन्न व्याण्डसँग आवद्ध भएर काम गरेपनि उनले २०११ ‘मिशान एण्ड गु्रवड्स’ स्थापना गरेका हुन । अल्टनेटिभ रक ब्याण्डको रुपमा ल्याएको यो ब्याण्ड अहिले पनि क्रियासिल छ । ब्याण्डका साथै एकल गीत समेत ल्याएका उनका ‘फर्किआउ’, कारण भनन लगायत धेरै गीतहरु चर्चित छन् अझैपनि ।
गायनसँगै पछिल्लो समय प्रोडक्सन हाउस समेत चलाउँदै आएका उनी म्युजिक भिडियो निर्देशन पनि गर्छन । उनले अहिलेका चर्चित गायक गायिकाको म्युजिक भिडियो समेत निर्देशन गरेका छन् । केही छोटा चलचित्र समेत निर्देशन गरेका उनि कलाकारिता आफ्नो नशानशामा भएका कारण बिभिन्न बिधा अंगाल्न सफल भएको बताउँछन् । यद्यपी जति जुन सुकै क्षेत्रमा भएपनि भिसान योन्जन भने एउटा रक पप गायकनै हुन र यहि परिचयवाटै धेरैले चिन्छन् ।
संगितमा नलागेर अन्तै किन लाग्नुभएन । अथवा संगितप्रति तपाईको आकर्षणको स्वार्थ के हो ? उनले छोटो जवाफमै प्रश्नको उत्तर दिन चाहें, –‘सानैदेखी म्युजिक पट्टिको लगाव भएर हो र स्वार्थ केही हैन, तर नेपाली संगितमै लागेर केही गर्न मन छ ।’ नेपाली संगित उनले आफ्नो सौख मान्छन् र यस क्षेत्रमा लागेर केही राम्रा सृजनाहरु पस्कने योजना अनुसार लागेको वताउँछन् । भ्रखरै आफ्नो व्याण्डवाट ३ वटा गित र भिडीयो ल्याईसकेका भिसान दर्शकको मायाँवाट खुसी छन् । दर्शकप्रति कुनै गुनासो नरहेको उनी महसुस गर्छन् । विगतको तुलनामा आजभोली देश तथा विदेशमा लाईभ कन्सर्टमा व्याण्डको मार्केट राम्रो भएकोमा उनले खुसी व्यक्त गरें । खासगरि व्याण्डको माग स्वदेशमा भन्दा विदेशमा वढेको र विदेशका कार्यक्रमवाट वढि कमाई हुने गरेको पनि उनी वताउँछन् ।
भ्रखरै केही गित रेकर्ड भैसकेको र ति गितका भिडीयो निर्माण सकिएपछि फेरी कन्सर्टका लागी योजना वनाउने तयारी गरेका छन् ।
नेपालमा नेपथ्य र कववेव व्याण्ड सवैभन्दा राम्रो व्याण्डको रुपमा स्थापित भएको वताउने उनले अझै केही व्याण्डहरु यहि वाटोमा लाग्न जरुर रहेको उनी वताउँछन् । नेपालमा थप राम्रा व्याण्डको आवश्यकता छ, उनले भने, –‘व्याण्डहरु जन्मन्छन् र विभीन्न कारणले व्याण्डका सदस्यहरु टुट्छन् र ति व्याण्ड यता न उता हुन्छ ।’ उनले आफुले जन्माएको व्याण्डलाई जसरी पनि अगाडी वढाउने योजना वनाएका छन् । अरु जस्तो जन्मीन नपाउँदै मर्न नदिने उनले प्रण गरिसकेका छन् आफ्नो व्याण्डको र आफ्नो संगित यात्राको ।